स्वास्थ्यका लागि असाध्यै जरुरी छ ओखर

स्वास्थ्यका लागि असाध्यै जरुरी छ ओखर

walnut_Okhar

जाडोमा शरीरलाई तातो र ऊर्जाशील बनाउनका लागि ओखर राम्रो स्रोत हो । जाडोमा यसको सेवनले शरीरलाई फाइदा हुन्छ । यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरू भगाउँछन् ।

दिनको एक ओखर खानुका फाइदा यस्ता छन् :

  • दिनदिनै एउटा ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छ ।
  • ओखर दिनदिनै दूधका साथ खाँदा घुँडा, जोर्नी र कम्मरको पीडा हराउँछ ।
  • बच्चाहरूलाई दूधसँग एउटा ओखर खुवाउँदा दिमाग तीखो हुन्छ ।
  • स्याउ, दालचिनी र ओखरको सलाद बनाएर दिनदिनै खाँदा तौल घट्छ । अनि यो खाँदा दिनभरि ऊर्जा प्राप्त हुन्छ ।
  • राति सुत्नुअघि एक ओखर खाँदा राम्रो निद्रा लाग्छ । त्यसमा भएको मेलाटोनिन हर्मोनले तपाईंलाई निद्रा लगाउँछ ।
  • ओखर सेवनले महिलामा मधुमेह र स्तन क्यान्सरलाई घटाउँछ ।
  • यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फी –याडिकलबाट बचाउँछ । छालामा डण्डीफोर र चाउरी पर्न पाउँदैन । कपाल पनि राम्रो हुन्छ ।
  • दिनदिनै बिहान ओखर खाँदा मानसिक रोग उत्पन्न गर्ने हानिकारक फ्री –याडिकलहरू नष्ट हुन्छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds