भरतपुर – कमिसनको हिसावकिताव नमिल्दा कोरोना भाइरस विरुद्धको भ्याक्सिनको आयात रोकेको आरोप लागेका व्यवसायी सुरज बैद्यको कम्पनीले नापतौलमा ठगी गरेको पाइएको छ ।
चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको बोरामा कम तौलको दाना बिक्री गरेको पाइएको भन्दै भरतपुर महानगरपालिका वडा नं -२३ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय चितवनलाई एक पत्र मार्फत जनाएको छ।
पत्र अनुसार भरतपुर -२३ का कुखुरा व्यवसायी मनोज कुमार बोहोराले उल्लेख गरिएको भन्दा कम तौल भएको भन्दै उजुरी दिएका थिए । बोहोराको उजुरी पछि वडा नं. २३ का वडा अध्यक्ष नरिनारायण पौडेल सहित सम्बन्धीत कार्यालय, स्थानीय र सुरक्षा निकायलाई समेत साक्षी राखेर दाना तौलिदां उल्लेखित भन्दा कम तौल देखिएको थियो ।
उद्योगले तौलमा ठगेको देखिएपछि कानुनी उपचारका लागि वडा कार्यालयले सिफारिस गरेको हो ।
विभाग मातहतको बीरगञ्जस्थित कार्यालयले किसानलाई बेचेको कम तौल भएका १० बोरा दाना जफत गरी उद्योगविरुद्ध अदालतमा ठगी मुद्दा हाल्ने भएको छ ।
गुणस्तर विभागका अनुसार तौल ठगीको आरोपमा स्ट्याण्डर्ड नाप तौल ऐन २०२५ अनुसार ठगीको आरोपमा उद्योगको अध्यक्षलाई नै मुद्दा चल्ने कानुनी प्रवधान छ । ठगी पुष्टि भए कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद हुने कानुनी प्रावधान छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो