पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७७७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार आज गण्डकीका १ हजार ६५२ जनामा गरिएको परीक्षणमा थप ७७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३८७ जना, तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका २६ जना र नवलपुरका २४ जना छन्।
यस्तै, स्याङ्गजाका ६१ जना, पर्वतका ९२ जना, बाग्लुङका ९९ जना, म्याग्दीका १२ जना, मुस्ताङका १ जना र मनाङ जिल्लाका २ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २८ हजार १८२ पुगेको छ, जसमा ८ हजार ३३ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशभर कोरोनामुक्त हुनेको संख्या १९ हजार ७६६ पुगेको छ।
आइतबार गण्डकीमा सर्वाधिक २८ जनाको मृत्यु पुष्टि भएको छ । गण्डकीमा यो संख्या अहिलेसम्मकै उच्च हो ।
आज मृत्यु पुष्टि हुनेमा कास्कीका ९ जना, तनहुँका ३ जना, स्याङ्गजाका ७ जना, बाग्लुङका २ जना, नवलपुरका २ जना, लमजुङका २ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र मुस्ताङ जिल्लाका १ जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगेको निर्देशनालयले जनाएको छ।




सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो