नेपालको पहिलो फ्रेन्चाइज लिग, नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सले जितेको छ। फाइनल खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले पहिलो संस्करणको ‘एनएसएल’ उपाधि कब्जा गरेको हो।
दशरथ रगंशालामा खेलिएको फाइनल खेलको २१औं मिनेटमा मेसौके ओलोमोउले उत्कृष्ट गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। यस प्रतियोगिताका सर्वाधिक गोलकर्ता ओलोमोउले गरेको गोल नै निर्धारित गोल बन्न पुग्दा काठमाडौंले पहिलो ‘एनएसएल’को उपाधि उचाल्दै इतिहास रचेको छ। ओलोमोउले यस प्रतियोगितामा ९ खेल खेल्दै ८ गोल गर्न सफल भए।
यसैगरी विजयी टोली काठमाडौंले उपाधिसहित ३५ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उप-विजेता धनगढीले १५ लाख रुपैयाँ प्राप्त गरेको छ।
यसैगरी प्रतियोगितामा सबै विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई १-१ लाख रुपैयाँ प्रदान गरियो। त्यस्तै प्रतियोगिताका इमर्जिङ खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरियो। उत्कृष्ट विधामा छानिएका खेलाडी तथा प्रशिक्षकको सूची यस्तो रह्यो।
उत्कृष्ट गोलरक्षक: किरण चेम्जोङ (धनगढी)
उत्कृष्ट डिफेन्डर: दिनेश राजवंशी (धनगढी)
उत्कृष्ट मिडफिल्डर: मेसौके ओलोमोउ (काठमाडौं)
उत्कृष्ट फरवार्ड: अन्जन विष्ट (ललितपुर)
इमर्जिङ खेलाडी: विश्वास श्रेष्ठ (काठमाडौं)
उत्कृष्ट प्रशिक्षक: बाल गोपाल महर्जन (काठमाडौं)
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते