कांग्रेस उपसभापति गच्छदारकी पत्नीको कोरोना संक्रमणबाट निधन, देउवाद्वारा दुःख व्यक्त

कांग्रेस उपसभापति गच्छदारकी पत्नीको कोरोना संक्रमणबाट निधन, देउवाद्वारा दुःख व्यक्त

Nirmala gachhadar

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४: ४५ बजे निधन भएको हो।

लामो समयदेखि कलेजोको बिरामीसमेत रहेका उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो। पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको उपसभापति गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले पुष्टि गरे।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निर्मला गच्छदारको निधनप्रति दुःख व्यक्त गरेका छन्।

‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निधनको खवरले मर्माहित भएको छु,’ सभापति देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको आत्माको चीरशान्तिको कामना गर्दै विजयजी लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds