पोखरा । शनिवार गण्डकीमा थप ७७० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गत २४ घण्टामा गण्डकीका १ हजार ३४२ जनाको नमुना परीक्षण गर्दा ७७० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६८ जना, तनहुँका ५८ जना, गोरखाका ४९ जना, र नवलपुरका १४७ जना छन्।
यस्तै, स्याङ्गजाका २१ जना, पर्वतका १८ जना, बाग्लुङका ७९ जना र म्याग्दी जिल्लाका २३० जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २७ हजार ४०५ पुगेको छ, जसमा ७ हजार ७१५ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०० जना कोरोनामुक्त भएका छन्। यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ३३५ पुगेको छ।
शनिवार पनि गण्डकीमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका छ जना, स्याङ्गजाका दुई जना, म्याग्दीका एक जना, तनहुँका एक जना, गोरखाका एक जना र पर्वत जिल्लाका तीन जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५५ पुगेको निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी