वैशाख महिनामा मात्र डेढ लाख बढी कोरोना संक्रमित थपिए, १६ सय ८ जनाले ज्यान गुमाए

वैशाख महिनामा मात्र डेढ लाख बढी कोरोना संक्रमित थपिए, १६ सय ८ जनाले ज्यान गुमाए

covid-update-nepal

वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। वैशाखमा एक हजार ६०८ जनाले ज्यान गुमाए । कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ।

वैशाख १ गतेसम्म कोरोना संक्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो। सो संख्या बढेर  चार लाख ३९ हजार ६५८ पुगेको छ। एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन्।

वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना संक्रमित भएकामा आज एकैदिन संक्रमितको संख्या आठ हजार ५२० पुगेको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ।

वैशाख महिनामा कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ। कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ।

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन्। वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो संख्या बढेर चार हजार ६६९ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds