प्रधानमन्त्री रोजगार कार्यक्रम : गण्डकीका ६ हजार २५३ युवाले १८ दिन रोजगारी पाए

प्रधानमन्त्री रोजगार कार्यक्रम : गण्डकीका ६ हजार २५३ युवाले १८ दिन रोजगारी पाए

PM-Rojgar-1

पोखरा – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा गण्डकी प्रदेशबाट ५९ हजार २४१ जना बेरोजगार यूवा सूचिकृत भएकोमा ६ हजार २ सय ५३ जनाले मात्र औसत १८ दिनको रोजगारी पाएको देखिएको छ ।

चालु आवको हालसम्मको विवरण हेर्दा गण्डकी प्रदेशमा उक्त रोजगारी पाएका श्रमिकले कुल १ लाख १५ हजार दिन काम गरेको देखिन्छ ।

चालु आवमा गण्डकीबाट १ हजार १२ वटा आयोजनाहरु समावेश थिए । मन्त्रालयले प्रदान गरेको बजेटबाट श्रमिकलाई ३ करोड ९५ लाख रुपैयाँ ज्याला रकम वितरण गरेको देखिएको छ ।

बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको थियो।  उक्त बजेटबाट सरकारले २ लाख बेरोजगार युवालाई १०० दिनको रोजगारी प्रदान गर्ने लक्ष्य लिएको थियो ।

मन्त्रालयले आगामी वर्ष २०७८/७९ को बजेटको गृहकार्य गरिरहँदा चालु आवको कार्यक्रमबारे समीक्षा गर्दा लक्ष्यअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

यद्यपी, कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले सरकारले बजेट विनियोजन गरिसकेको अवस्थामा पनि लक्ष अनुसार काम गर्न नसकिएको मन्त्रालयको निष्कर्ष छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ