नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ ।
विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए ।

गृहमन्त्री थापाको नियुक्ति निर्वाचन आचारसंहिता उल्लंघन
निर्वाचन आयोगले ६ जेठमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा बिहीबार जारी सूचना अनुसार, २९ वैशाखदेखि उपनिर्वाचन सम्पन्न नहुँदासम्मका लागि बागमती प्रदेशभरि आचारसंहिता लागू भइसकेको छ।
निर्वाचन आचारसंहिता, २०७२ मा नेपाल सरकार र नेपाल सरकारका मन्त्री लगायतलाई नै आचारसंहिता लागू हुने स्पष्ट उल्लेख छ। तर, उपनिर्वाचनमा राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थापा भने पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्।
नवनियुक्त गृहमन्त्री थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचनका जानकारहरू भने उम्मेदवार बनेको व्यक्तिले नियुक्ति लिनु आचारसंहिता विपरीत भएको बताएका छन्।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते