गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदा केही रोचक दृश्य देखियो । सपथ सुरू गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपछिलाई ‘त्यो पर्दैन’ भनेर टारेका छन्।
‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले सपथ गराउँदै गर्दा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्याउन छुटाएका थिए।
राष्ट्रपतिले पुनः वाक्य दोहोर्याउँदा ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढेका थिए। सो क्रममा राष्ट्रपति हाँसेकी थिइन्। सरकार प्रमुखले खाने सपथ ग्रहणको भाषामा नै देखिएको यस्तो असहमतिको दृश्य अस्वाभाविक जस्तो लाग्थ्यो ।
प्रधानमन्त्री ओलीले शुक्रबार देश र जनताका नाममा सपथ लिएका हुन्। उनले ईश्वरको नाम लिएनन् । त्यसपछि राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सपथ गराइन् । त्यसपछि मन्त्रीहरुलाई गराईन् । अन्तिममा प्रधानमन्त्रीले राज्यमन्त्रीहरुलाई गराएका थिए । राज्यमन्त्री विमला बिक भने अनुपस्थित रहिन् । अन्य मन्त्रीहरु पनि सबै पुरानै अनुहार भएकाले सपथमा खासै उत्साह देखिएन ।
कसैले पनि ईश्वर शब्द उच्चारण गरेनन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते