पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीमा ६८० जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गण्डकीका १७५८ जनाको नमुना परीक्षण गर्दा ६८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज थपिएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३०६ जना, तनहुँका २७ जना, गोरखाका ७४ जना, लमजुङका ४६ जना र नवलपुरका ८७ जना छन् ।
यस्तै, स्याङ्गजाका २३ जना, पर्वतका ६१ जना, बाग्लुङका ४ जना र म्याग्दी जिल्लाका ५२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २६ हजार ६३३ पुगेको छ । जसमा, ७ हजार २५७ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ३५ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना संक्रमितको मृत्यु दरमा रेकर्ड ब्रेक भएको छ ।
जारी विज्ञप्ति अनुसार आज कोरोना पुष्टि भइ थप २३ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु मध्ये २२ जनाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने, एक जनाको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा ज्यान गएको हो।
आज मृत्यु पुष्टि हुनेहरु कास्की जिल्ला पोखरा महानगरपालिकाका ९ जना, रुपा गाउँपालिकाका एक जना, पाल्पा जिल्ला घर भइ हाल पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक जना, स्याङ्गजाका ६ जना, बाग्लुङका तीन जना छन् भने, तनहुँ जिल्लाका तीन जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४१ पुगेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।




सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो