माधव नेपालले साथ नदिँदा योजना पूरा नभएपछि दंग परेका प्रचण्ड र माधव नेपालबीच आज भेट भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच संघीय संसद भवन नयाँ वानेश्वरमा कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाएपछि आराम गर्ने क्रममा भेट भएको हो ।
संघीय संसदको ल्होत्से हलमा खोप लगाएपछि आराम गर्ने क्रममा नेताहरु पचण्ड, नेपाल , भीम रावल विरोध खतिवडा एकै कोठामा बसेका थिए । त्यसमा क्रममा नेताहरुबीच कुराकानी भए पनि के कुराकानी भयो भन्ने खुलेको छैन ।
प्रचण्डले बहुमतको सरकार गठनका लागि एमालेको माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताए । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अहिले नै धोका दिएको भन्न हतार हुने प्रतिक्रिया दिए ।दाहालले अबको राजनीतिक कोर्स चुनौतीपूर्ण र सम्भावनायुक्त दुवै रहेको प्रतिक्रिया दिए ।
‘माधव जीसँग अहिले भर्खर पनि कुरा गर्दैछौं । उहाँहरूभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै भएको हुनाले अहिले नै धोका दिनुभयो भन्नु बढी हुन्छ’, प्रचण्डले भने, ‘म आशा गर्छु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा र संविधानको पक्षमा उहाँहरू संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ ।’
पत्रकारको थप जिज्ञासामा उनले संविधानको ७६ (५) मा पनि भेट हुनसक्ने जवाफ दिए । संविधानको सो धारामा प्रधानमन्त्रीले ७६ (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा बहुमत पुर्याउँछु भन्ने कुनै सदस्यलाई राष्ट्रपतिले ५ अनुसार प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । जहाँ सांसदहरूलाई दलको ह्वीप लाग्दैन ।
प्रचण्डले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँग संघर्ष जारी रहेको बताएका छन् । प्रतिपक्षको हैसियतमा सरकारको गलत कामबारे खबरदारी गरिरहने उनले बताए । चुनावको सन्दर्भमा उनले संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको लागि पार्टी तयार रहने बताए ।
एमालेको माधव नेपाल पक्षले आफूहरु राजीनामा दिएर बहुमतको सरकार बनाउन सहज बनाइदिने आश्वासन दिएको कांग्रेस र माओवादीका कतिपय नेताले बताएका छन् । तर अन्तिम समयमा राजीनामा नदिएपछि बहुमतको सरकार बन्ने सम्भावना टरेको थियो । बहुमतको सरकार बनाउन नसकेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुन ओली नै प्रधानमन्त्री नियुक्त भएका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते