प्रधानमन्त्री ओलीले लिए शपथ, पूरानै मन्त्रीहरुलाई निरन्तरता

प्रधानमन्त्री ओलीले लिए शपथ, पूरानै मन्त्रीहरुलाई निरन्तरता

sapath

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

र, अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सबै मन्त्री पुरानै दोहोरिएका छन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

उनी बिहीबार तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। तीन वर्षअघि नेकपा (माओवादी केन्द्र) को सहयोगमा झन्डै दुईतिहाइको प्रधानमन्त्री बनेका ओली यस पटक भने अल्पमतको प्रधानमन्त्री बनेका हुन्।

२७ वैशाखमा संसद्‌मा विश्वासको मत गुमाएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलको मिलीजुली सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

राष्ट्रपतिले दिएको तीन दिनको समयमा कुनै पनि सांसदले दाबी पेश नगरेपछि ओली अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्।  अब उनले ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds