कोरोना संक्रमित शिवहरि पौड्याल अस्पताल भर्ना, आइसीयूमा राखेर उपचार हुँदै

कोरोना संक्रमित शिवहरि पौड्याल अस्पताल भर्ना, आइसीयूमा राखेर उपचार हुँदै

shivahari paudyal 1

हाँस्य अभिनेता शिवहरि पौड्याललाई  कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

राजधानीको नैकापस्थित एपीएफ अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ । कोरोनाको पहिलो लहरमा अर्का हाँस्य अभिनेता मनोज गजुरेललाई पनि गम्भिर अवस्थामा पुर्याएको थियो ।

कोरोनाका कारण कलाकार मदनकृष्ण श्रेष्ठ पनि उपचार गराइरहेका छन् । कोरोना संक्रमित भएर ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, श्वासप्रश्वासमा समस्या आएपछि मदनकृष्णलाई फेरि अस्पतालमा भर्ना गरिएको हो ।

यस्तै, कलाकार सरिता लामिछाने, उनका श्रीमान् निर्देशक ऋषि लामिछाने र उनकी छोरी पनि कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा छन् ।

नायिका शिल्पा मास्के, वर्षा राउत पनि कोरोनाका कारण आइसोलेसनमै छन् । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन पनि कोरोना संक्रमित भएका छन् । यस्तै, निर्देशक तथा कलाकार दीपक आचार्य पनि कोरोना संक्रमित भएपछि घरमै आइसोलेसनमा छन् । नायिका केकी अधिकारी र गायक प्रकाश सपुतले भने कोरोनालाई जितेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds