‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’ : निजी अस्पताल

‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’ : निजी अस्पताल

Norvic-International-Hospital-Kathmandu

निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् ।

निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले आज विज्ञप्ति जारी गर्दै देशभरि नै निषेधाज्ञा र अन्तरराष्ट्रिय हवाई सेवा बन्द भई द्रुत ढुवानीको अरू कुनै विकल्प नभएकाए १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने बताए ।  नर्भिक इन्टरनेशनल हस्पिटल उनकै हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा माथिका सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो ।

“सय शय्याको अस्पतालका लागि सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि रु दुई करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds