पोखरामा रहेर क्रियाशील पत्रकारिता गर्दै आएका जगन्नाथ (गणेश) पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनी गण्डकी टेलिभिजनका डाइरेक्टर तथा चर्चित कार्यक्रम गण्डकी छड्केका कोओर्डिनेटर हुन् । डेढ दशकदेखि पौडेल पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।
पोखरा–३३, बागमारा निवासी ४१ वर्षीय पौडेललाई २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा नै उपचाररत रहेको पत्रकार पौडेलकी धर्मपत्नी कृष्णमाया पौडेलले जानकारी दिइन् । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यसमेत रहेका पौडेलका आमा, श्रीमती र दुई छोरा छन् । कामप्रति बफादार र हक्की स्वभावका पौडेल २०६५ सालदेखि पत्रकारितामा लागेका हुन् ।
यसैबीच, नेपाल पत्रकार महासंघले पत्रकार पौडेलेको निधनले पत्रकारिता क्षेत्रमै अपूरणीय क्षती पुगेको बताए । केन्द्रिय समिति, गण्डकी प्रदेश समिति र कास्की जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी पत्रकार पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । हालसम्म नेपालमा १२ जना पत्रकारको कोभिड संक्रमणका कारण ज्यान गइसकेको छ ।
महासंघका कास्की अध्यक्ष विमला भण्डारीले पौडेलको निधनप्रति दुःख प्रटक गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । साथै पौडेलको निधनप्रति पत्रकार तथा विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत दुःख प्रकट गरेका छन् ।
महासंघका कास्की सचिव माधवप्रसाद बरालले नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ को असामयिक निधनले पत्रकार महासंघ कास्की मर्माहत भएको उल्लेख गरेका छन् ।
नेपाल पत्रकार महासंघ, गण्डकीका महासचिव गोविन्द सुवेदीले पौडेलको अल्पायुमै भएको असामयिक निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गरेका छन् ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन