गण्डकी प्रदेशका जनमोर्चा सांसद खिम विक्रम शाही वैशाख १५ गतेबाटै चर्चाको चर्चाको पात्र बने । त्यो दिन उनी अविश्वास प्रस्तावको मतदान हुने प्रदेशसभा बैठकमा उपस्थित भएका भए सोहि दिन पृथ्वीसुब्बा गुरुङको सरकार ढलेर कृष्णचन्द्र नेपाली पोखरेलको सरकार बनिसक्थ्यो र काँग्रेस-माओवादीको सपना तुहिने थिएन । तर, उनी त्यो दिन एक्कासी गायब बने । सोहि दिन चरक हस्पिटलमा भेटिए, बिहान पीसीआर नेगेटिभ आएको मान्छेको साँझसम्म २ पटक नेगटिभ आयो र आईसियूमा उपचाररत उनी ५ दिनमै हस्पिटल छाडेर होटलमा बसे ।
यही भन्दै उनलाई पिएस सरकार जोगाउन खोजेको आरोप लागिरह्यो । तर, उनले आफू पार्टीकै निर्देशन मान्ने र पृथ्वीसुब्बा सरकारलाई साथ नदिने बताए । त्यसै दिनको त्यो घटनाले फरक मोड लियो । नयाँ सरकार गठनको दाबी गर्ने दिन आज अपरान्ह ४ बज्नु १ घन्टा अघि एउटा विज्ञप्ति सार्वजनिक भयो ।
जुन विज्ञप्तिमा शाहीको पनि दलका नेता कृष्ण थापाकै भाषा थियो । अर्थात्, अब उनी पनि काँग्रेसको नेतृत्वमा बन्ने सरकारको पक्षमा छैनन् । आफू कुनैपनि गठबन्धनमा नलागेको र तटस्थ रहेको विज्ञप्तिमा थियो ।
विज्ञप्ति यस्तो थियोः

तर, उक्त विज्ञप्ति ‘फेक’ रहेको उनले बताएका छन् । पार्टी सचेतक पियारी थापाले त कृष्ण थापाको विज्ञप्ति समेत फेक बताएकी छिन् । पियारीले फेसबुकमा लेखेकी छन्, ‘सांसद खिमविक्रम शाही र कृष्णबहादुर थापाको विज्ञप्ति भनेर भ्रामक विज्ञप्तिहरु सामजिक सञ्जालमा आयका छन् त्यसमा कुनै सत्यता नरहेको जानकारी गराउँदछु ।’
सांसद शाहीले स्वयं आफ्नो नाममा जारी विज्ञप्ति आफ्नो नरहेको बताएका छन् । उनले उक्त विज्ञप्ति निराधार र भ्रमपूर्ण रहेको बताएका छन् । नियोजित तवरले चरित्रहत्या गर्न भ्रमपूर्ण तरिकाले अफवाह फैलाइएको उनको दाबी छ । उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सरकार बनाउन मंगलबार नै हस्ताक्षर गरेका थिए । उनीपनि बुधबार निशिखोला गएका छन् । आफू पार्टी निर्णयप्रति स्पष्ट रहेको उनले बताए । “कसले मेरो चरित्रहत्या गर्न फेक विज्ञप्ति फालिदिएछ, त्यो बदमासी हो, फेक हो,” उनले भने “म निशिखोला आएको छु । यहाँ नेट नभएकाले फेसबुकमा लेखेर उक्त विज्ञप्ति आफ्नो नरहेको प्रष्ट पारेको छु, मैले हिजो नै हस्ताक्षर गरिसकेको हुँ ।”
यता, सांसद कृष्ण थापा भने पत्र आफूले नै पठाएको बताएका छन् । उनले नाममा ‘बहादुर’ बढी थपिएकाले भ्रममा नरहन आग्रह गरे । ‘विज्ञप्तिमा बहादुर भएर आएछ । बहादुर हटाउनुस् भनेको साथीहरुले त्यस्तै पठाएछन् । विज्ञप्ति मेरै हो,’ उनले भने, ‘प्रदेश प्रमुखकोमा कृष्ण थापा मात्रै गएको छ ।’

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो