सांसद अपहरण गर्ने खेल सुरु भयो : महेश बस्नेत

सांसद अपहरण गर्ने खेल सुरु भयो : महेश बस्नेत

mahesh basnet

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सत्ता परिवर्तनका लागि ३ जना सांसदहरूलाई अपहरण गर्ने खेल सुरु भएको बताएका छन् । उनले जनता समाजवादी पार्टी (जपसा)का बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने ३ जना सांसदलाई अपहरण गरेको आरोप लगाएका हुन् ।

‘आज बाबुराम र उपेन्द्र यादवहरूले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना सांसदहरूलाइ कहाँ लुकाएर राख्नु भएको छ ?,’ नेता बस्नेतले भने, ‘के तिनीहरू अपहरणमा परेका होइनन ?’

यस्तै, उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाका भट्टराई र यादबलाई केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाइ नभएको बताएका छन् । उनले कांग्रेसका नेता रामचन्द्र पौडेलको दबाबमा कांग्रेसले सत्ताको नेतृत्व नलिई नभएको टिप्पण गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ