गण्डकी प्रदेशका अर्का सांसद पनि अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । जनता समाजवादी पार्टी, गण्डकी संसदीय दलका नेता हरिशरण आचार्य चरक मेमोरियल अस्पताल भर्ना भएको जसपाका एक कार्यकताले बताए ।
कोरोना संक्रमण पुष्टि भएका आचार्य मंगलबार चरक मेमोरियल अस्पतालमा भर्ना भएका हुन् । पेट दुखेपछि अस्पताल गएका आचार्यमा जन्डिस देखिएको अस्पताल श्रोतले जनाएको छ ।
अहिले स्वास्थ्य अवस्था सामान्य बन्दै गएको जनाइएको छ । यसअघि वैशाख १५ गते अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने दिन नै प्रदेशसभामा अनुपस्थित भएका राजमोका सांसद खीम विक्रम शाही चरक अस्पतालमा उपचार गरिरहेको भेटिएको थियो ।
मुख्यमन्त्रीसहित ७ जना सांसदमा कोरोना देखिएको थियो । आधा बढीको नेगेटिभ आइसकेको छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ