प्रदेश सांसद एवं एमाले नेता पशुपति चौंलागाईंको कोरोना संक्रमणका कारण निधन

प्रदेश सांसद एवं एमाले नेता पशुपति चौंलागाईंको कोरोना संक्रमणका कारण निधन

pashupati chaulagai

कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ । उनी पार्टीका पोलिटब्युरो सदस्य पनि हुन् ।

कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचाररत चौंलागाईंको केहीबेर अघि निधन भएको हो । ६० बर्षिय चौलागाई दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । उनी बागमती प्रदेशको मुख्यमन्त्रीको आकांक्षी पनि थिए ।

अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रिय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह ईन्चार्ज, ईन्चार्ज हुदै पार्टीको वागमती कमिटीमा बसेर लामो समय कमाण्ड सम्हालेका चौलागाई २०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटाबाट सांसद भएका थिए ।

विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका उनको छवि एमाले भित्र हठी स्वभाव सँगै निष्ठावान् र त्यागी नेताका रुपमा चिनिएका थिए । पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds