भुस लिएर पोखरा आउँदै गरेको ट्रक दुर्घटना, कँडेल दाजुभाइको मृत्यु

भुस लिएर पोखरा आउँदै गरेको ट्रक दुर्घटना, कँडेल दाजुभाइको मृत्यु

tana-accidentt

चितवनबाट पोखरा आउँदै गरेको मालवाहक ट्रक दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको छ ।

मंगलबार विहान भएको दुर्घटनामा बागलुङको गलकोट ८ चमुवा घर भएका चालक बर्ष ३७ को जय कँडेल र सहचालक बर्ष ३५ को मिन वहादुर कँडेलको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मृतक दाजुभाइ पर्छन् । उनीहरु चितवनमा डेरा गरी बस्थे । ना ३ ख ९९७३ नं. को ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित जलविद्युत केन्द्र नजिकै आपचौर घुम्तीबाट मर्स्याङदी नदीमा खसेको थियो । ट्रक भुस लोड गरेर पोखरातर्फ आउँदै थियो ।

घटनास्थलमा पुगेर प्रहरीले उद्धार गर्ने क्रममा दुवैको मृत्यु भईसकेको थियो । ट्रक पृथ्वीराजमार्गबाट करीव १०० मिटर तल नदीमा खसेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ