‘कोरोना सङ्क्रमितको उद्धार गर्दा बढी भाडा नलिनू’ : प्राधिकरण

‘कोरोना सङ्क्रमितको उद्धार गर्दा बढी भाडा नलिनू’ : प्राधिकरण

heli_corona1

नेपाल नागरिक उड्ययन प्राधिकरणले कोरोना सङ्क्रमितको उद्धारका क्रममा हेलिकोप्टर कम्पनीले बढी भाडा लिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

प्राधिकरणले विज्ञप्ति निकालेर तोकिएभन्दा बढी भाडा लिएका खबरहरु आइरहेको भन्दै यसतर्फ ध्यानाकर्षण भएको बताएको हो । प्राधिकरणले कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई कम गर्न सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको भन्दै उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई रोक्न पनि भनेको छ ।

यस्तै हवाइ सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले पनि छुट्टै विज्ञप्ति निकालेर कोरोनाका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ ।

अहिलेको अवस्थामा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोरोनाका बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै सङ्घले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ