भारतको गङ्गा नदी किनारमा दर्जनौं शव फेला, कोरोना संक्रमितका हुन सक्ने आशंका

भारतको गङ्गा नदी किनारमा दर्जनौं शव फेला, कोरोना संक्रमितका हुन सक्ने आशंका

corona -dead

photo -Reuters

एजेन्सी –  भारतको विहार राज्यको बक्सरमा सोमबार स्थानीयहरूले गंगा नदीमा तैरिरहेका दर्जनौं शवहरू फेला परेका छन्।

कतिपय सञ्चारमाध्यमले एक सय वटा शव फेला परेको र तिनको अवस्था हेर्दा कैयौँ दिनदेखि ती नदीमा बगेको हुनसक्ने जनाएका छन्।

उत्तर प्रदेशसँग सीमा जोडिएको उक्त जिल्लाको चौसा गाउँका मानिसहरूले ती शवहरू बग्दैबग्दै महादेवा घाटमा आइपुगेको बताएका छन्। ती शव कोरोना संक्रमणबाट मरेको मानिसको हुन सक्ने भन्दै उनीहरूले स्थानीय प्रशासनलाई खबर गरेका थिए।

स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दाहरूसँग सोधपुछ गरेपछि ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने बताए।

तिनलाई अब गाड्ने वा जलाउने उनले बताए। अधिकारीहरूका अनुसार ती शव फुलेका छन् अनि केही जलेका पनि छन्।

गङ्गा नदीको किनारमा शव जलाउने परम्पराअन्तर्गत ती त्यहाँ पुगेको हुनसक्ने एनडीटिभी च्यानलले उल्लेख गरेको छ। बीबीसी 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ