मुख्यमन्त्रीको राजीनामासँगै गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

मुख्यमन्त्रीको राजीनामासँगै गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

Gandaki Province Pradesh (2)

गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्ने उद्देश्यसहित बोलाईएको अधिवेशन आजबाट अन्त्य भएको हो।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद अधिवेशन अन्त्य गरेकी हुन्। ‘प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशबाट प्राप्त पत्रानुसार प्रदेश सभाको चालु अधिवेशन मिति २०७८ साल वैशाख २७ गते सोमबार विहान १० बजेदेखि अन्त्य भएको व्यहोरा अनुरोध छ,’ गण्डकी प्रदेश सचिवालयले सूचना जारी गर्दै भनेको छ।

मुख्यमन्त्री गुरुङले भने हिजै राजीनामा दिएका छन्। गुरुङको राजीनामा आउनुअघिसम्म प्रदेश सभा सचिवालयले आज अविश्वास प्रस्तावको मत विभाजनका लागि तयारी गरेको थियो। गुरुङलाई हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले २ वैशाखमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए। चालु अधिवेशन वैशाख १ गते राति नै अन्त्य भएकाले प्रतिपक्षीले वैशाख २ गते विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई समावेदन दिएका थिए। तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेबाट विशेष अधिवेशनको आह्वान गरेका थिए।

अविश्वास प्रस्ताव उपर छलफलका लागि वैशाख १३ गतेदेखि विशेष अधिवेशन शुरु भएको थियो पनि। १४ गते सांसदको पिसिआर रिपोर्ट गर्नुपर्ने भन्दै प्रदेश सभा बैठक रोकिएको थियो। १५ गते अविश्वास प्रस्ताव उपर मतदान हुने दिन जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएका थिए।

सांसद शाहीलाई कारण देखाउदै सभामुखले बैठक अन्त्य गरेका थिए। अनिश्चित बनेको प्रदेश सभा बैठकलाई सुचारू गर्न गत बिहीवार बसेको कार्यपरामर्श बैठकले वैशाख २७ गते प्रदेश सभा बैठक डाकेकाे थियो। अविश्वास प्रस्ताव फेस गरिरहेका मुख्यमन्त्रीले अघिल्लो दिन आइतबार तीन बजे प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएका थिए। प्रदेश प्रमुखले गुरुङको राजिनामा स्वीकृत गर्दै अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ