माधव नेपाल पक्षले तत्काल राजीनामा नदिने, संसद बैठकमा पनि नजाने

माधव नेपाल पक्षले तत्काल राजीनामा नदिने, संसद बैठकमा पनि नजाने

madhav nepall

नेकपा एमालेका माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने भएका छन् । तर उनीहरु आज बस्ने संसद बैठकमा पनि नजाने भएका छन् ।

सिंहदरबारमा बसेको नेपा पक्षीय सांसदहरुको बैठकले सामूहिक राजीनामा पनि नदिने र संसदको बैठकमा पनि नजाने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम छ ।

ओलीले लिन लागेको विश्वासको मतका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु उभिने भएका छन् ।

नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित हुँदा ओलीले विश्वासको मत पाउने सम्भावना कम रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ