पोखरा बहुमुखी क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफ्नो विवाहको २५ औं वर्षगाँठको अवसर पारेर आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।
पोखराको पहिलो सामुदायिक यो क्याम्पसले अहिले पोखरा–९ शान्ति वनबाटिकामा सुविधासम्पन्न र अपांगमैत्री भवन निर्माण गरिरहेको छ । २०४४ सालमा स्थापना भएको यो क्याम्पसले अहिले नौ करोड रुपैयाँ लागतमा भवन बनाइरहेको हो ।
क्याम्पस भवन बनाउनका लागि पराजुली र उनका पति परशुराम पौडेलले सहयोग रकमको चेक क्याम्पसका सह-लेखापाल अन्तिम पौडेललाई हस्तान्तरण गरे । क्याम्पसका अध्यक्ष नरेन्द्रमान लालचनले सबैतिर आर्थिक सहयोग जुटाएर भवन निर्माणमा जुटेको बताए ।
क्याम्पस प्रमुख पराजुलीले सामुदायिक क्याम्पस भएकोले समुदायकै सहयोगको भरमा संचालन हुने अवस्था रहेको बताइन् । वैवाहिक वर्षगाठको अवसर पारेर क्याम्पस भवन बनाउनका लागि सहयोग गरेको उल्लेख गरिन् ।
हाल नयाँबजार चोकमा रहेको क्याम्पसमा स्नातक तहमा चारवर्षे व्यवस्थापन (बिबिएस) र मानविकी (बिए) संकायमा अध्यापन हुन्छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ