प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बेलुका राजीनामा दिने भएका छन् । भोलि दिउँसो संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् । तर, संसदको अंक गणितले उनलाई विश्वासको मत मिल्ने अवस्था छैन । त्यसैले विश्वासको मत नपाएपछि स्वतः राजीनामा दिनुपर्ने भएकाले प्रधानमन्त्रीले राजीनामा दिने पक्का भएको हो ।
जनआस्था अनलाइनका अनुसार स्रोत भन्छ ‘भोलि विश्वासको मत नपाएपछि लगत्तै शीतल निवास पुगेर राजीनामा दिनुहुनेछ । अनि राष्ट्रपतिले पनि त्यहिँ अल्पमतको सरकारको प्रधानमन्त्री बनाएको घोषणा गर्नुहुनेछ । भोलि साँझदेखि सम्भवतः उहाँ ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा कामचलाउ प्रधानमन्त्री बन्नुहुनेछ ।’
यसअघि ०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ । सरकारी विश्लेषणअनुसार अहिलेको महामारी अझै ६ देखि ८ महिना लम्बिने छ । यसकारण निर्वाचन र अन्य कार्यक्रम स्वतः केही समयसम्म लम्बिनेमा उनीहरू ढुक्क भएका हुन् ।
थप समाचारका लागि जनआस्था डटकमको यो लिन्क क्लिक गर्नुहोस्
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने