कोरोना भाइरसलाई महामारी घोषणा गरेको लगभग एक वर्षपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) अन्ततः कोरोना भाइरस हावाबाट पनि फैलन सक्ने स्वीकार गरेको छ । डब्ल्यूएओले भनेको छ, ‘भाइरस खराब भेन्टिलेशन वा भीडभाडयुक्त बन्द स्थानमा पनि फैलन सक्छ जहाँ मानिसहरु लामो समयसम्म बस्छन् किनभने एयरोसोल हावामा एक मिटरभन्दा पनि परसम्म जानसक्छ ।’
डब्ल्यूएचओले कोरोनासँग सम्बन्धित प्रश्नको जवाफ अपडेट गरेको छ । यसमा मानिसहरुबीच कोरोना कसरी फैलिन्छ भन्ने प्रश्नको पनि जवाफ दिइएको छ । अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ । संगठनले कोरोना हावाबाट पनि फैलन्छ भन्ने बारे हालसम्म पर्याप्त जानकारी नभएको बताउँदै आएको थियो ।
डब्ल्यूएचओले सन् २०२० जुलाईमा कोरोना भाइरस हावाबाट फैलने कुनै प्रमाण नभएको बताएको थियो ।कोरोना फैलन सुरु गरेको सुरुवाती महिनामा त डब्ल्यूएचओले सबैलाई मास्क लगाउनुको साटो संक्रमितलाई मात्रै मास्क लगाउन सल्लाह दिएको थियो । जुलाई सन् २०२० मा स्वतन्त्र स्वास्थ्य विज्ञले कोरोनाभाइरस हावाबाट फैलन्छ भनेका थिए । त्यतिबेला डब्ल्यूएओले कोरोनाभाइरस हावाबाट पनि फैलन सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएको थियो तर संगठनले लगत्तै यसमा कुुनै प्रमाण नभएको बतायो ।
सन् २०२० को जुलाईमा डब्ल्यूएचओ कोरोना कुनै पनि संक्रमितको सम्पर्कमा आएपछि, उनको नाक वा मुखबाट निस्कने छिट्टा वा भाइरसयुक्त थोपा र फोमिटिज अर्थात् कपडा, भाँडाकुँडा, फर्निचर आदिमा भएको भाइरसबाट फैलने भन्दै आफ्नो पुरानो गाइडलाइनमा कायम रह्यो ।
यसै वर्ष अप्रिलमा कोरोना फैलने बहसमा निकै ठूलो मोड आयो । वैज्ञानिकको एक समूहले चर्चित मेडिकल जर्नल द ल्यासेन्टमा १० प्रमाणसहित कोरोनाभाइरस हावाबाट पनि फैलन्छ भन्ने दाबी गर्यो ।
द ल्यासेन्टमा वैज्ञानिकले पेश गरेका थिए यी १० प्रमाणः
१. मानव व्यवहार, कुराकानीको तरिका, कोठाको आकार, भेन्टिलेशन र अन्य कुराको विश्लेषणबाट थाहा हुन्छ कि ड्रपलेट्स (छिट्टा) र फोमिटीज अर्थात् कपडा, भाँडाकुँडा, फर्निचर आदिमा भएको भाइरसले मात्रै कोरोना यति तीब्र रुपमा फैलन सक्दैन ।
२. क्वारेन्टिन होटलमा यो कुराको प्रमाण भेटिएको छ कि एक अर्कालाई नभेटी वा सम्पर्कमा नआउँदा पनि वरिपरिका कोठामा बसेका मानिसहरुमा संक्रमण फैलियो ।
३. कोरोनाको ३३ प्रतिशत देखि ५९ प्रतिशत मामिला लक्षण बिनाका संक्रमितबाट फैलिन्छ जबकी उनीहरु न त खोक्छन् न हाच्छिउँ गर्छन् । यो कुराले के प्रमाणित गर्छ भने कोरोना हावाबाट पनि फैलिन्छन् ।
४. कोठा खुल्ला स्थानमा भन्दा बन्द कोठामा बढी तीब्र गतिमा फैलन्छ । कोठाको झ्याल, ढोका खुला राख्दा फैलने दर कम हुने गर्छ । अर्थात् कोरोना हावाबाट फैलिन्छ ।
५. अस्पतालमा हुने संक्रमण पीपीई लगाएका स्वास्थ्यकर्मीमा पनि देखियो । कारण यो हो कि उनीहरुको पीपीई ड्रपलेटबाट बच्नका लागि त डिजाइन गरिएको छ तर एयरोसोलबाट बच्नका लागि छैन ।
६. विज्ञका अनुसार प्रयोगशालामा कोरोनाभाइरस तीन घण्टासम्म हावामा तैरिरहेको देखिएको छ ।
७. अस्पताल र घरमा राखिएका एयर फिल्टर र डक्टमा पनि कोरोनाभाइरस भेटिएको छ, यस्तो स्थानमा एयरोसोल बिना भाइरस पुग्न सक्दैनन् ।
८. पिँजडामा बन्द जनावरसम्म कोरोना पुग्नुले स्पष्ट पार्छ कि भाइरस हावाबाट पनि फैलिन्छ ।
९. हालसम्म कुनै यस्तो सिद्धान्त सार्वजनिक भएको छैन जसले पुष्टि गर्न सकोस् कि कोरोनाभाइरस हावाबाट फैलिँदैन ।
१०. कोरोना फैलने अन्य तरिका जस्तै नाक–मुखबाट निस्कने ड्रपलेट वा फोमिटिज अर्थात् कपडा, भाँडाकुँडा, फर्निचर आदिबाट फैलन्छ भन्ने कुराका सिमित प्रमाण छन् ।
सम्बन्धित खबर
खुमा फाउन्डेसनले खुला रक्तदान तथा नि : शुल्क स्वास्थ्य शिविर गर्ने
गण्डकीमा १० महिनामा १८ हजारमा डेंगी सङ्क्रमण, ८ जनाको मृत्यु
नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
तिहारमा अधिक मिठाइ खाँदा यी कुराहरूमा ध्यान दिनुहोस्
देशका तीन अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ