लुम्बिनीमा फेरि मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव

लुम्बिनीमा फेरि मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव

shankar_pokharel_

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको छ। यसअघि वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो।

आइतबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ।

यसअघि पेश गरिएको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते प्रदेशसभाको बैठक बोलाइएकोमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर संसद अधिवेशन अन्त्य गरेपछि उक्त अविश्वास प्रस्ताव माथि छलफल हुने प्रक्रिया समाप्त भएको थियो।

मुख्यमन्त्री पोखरेलले त्यो बेला सरकार संविधानको धारा १६८ को २ अनुसार भएको र १६८ को १ अनुसार सरकार बनाउन राजीनामा दिएका थिए।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले पुन: बहुमत सदस्यको हस्ताक्षर पेश गरेका पोखरेललाई वैशाख १९ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।  तर विपक्षीहरुले बहुमत आफ्नो पक्षमा रहेको भन्दै बहिष्कार गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds