काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भएका छन् । विभाजन रोक्ने प्रयास सफल नभएपछि आइतबार नै राजीनामा दिन माधव पक्ष सांसद तयार भएका हुन् ।
माधव नेपाल- झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको पार्टी स्रोतले बताएको छ ।
यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ ।
नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । नेपाल निकट स्रोतका अनुसार २० जना सांसदको राजीनामा तयार छ ।
अब केपी ओलीलाई सत्ताच्यूत गरेपछिमात्र नयाँ आधारमा एमालेको एकता खोज्ने वा नयाँ पार्टी गठन गर्ने बारे प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपालसहित भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन । माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ ।
नेपाल समूहका एक नेताका अनुसार सुरुमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका सांसदले मात्रै राजीनामा गर्ने कुरा भए पनि आइतबार समानुपातिक तर्फका सांसदले पनि राजीनामा गर्ने सम्भावना छ । नेपाल समूहमा ३५ जना सांसद छन् ।
एमाले बरिष्ठ नेता माधव नेपालले आफूहरुले प्रधानमन्त्री ओलीलाई सच्च्याउन निकै प्रयास गरेको तर उनी नसच्चिएको बताए । ‘हामीले पार्टी एकतालाई बचाउने प्रयास गरेका हौं तर उहाँले दम्भ देखाउनु भयो, कत्ति पनि सच्चिन तयार हुनुभएन, दुःखका साथ भन्नुपर्छ अब एमाले एकता जोगाउन सकिएन’ नेता नेपालले भने ।
यसबीचमा सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,योगेश भट्टराई,गोकर्ण विष्ट,सोमप्रसाद पाण्डे लगायतले पार्टी एकताका लागि केपी ओली पक्षसँग छलफल गरेका थिए । तर कांग्रेस सभापति शेरवहादुर देउवाले माधव पक्षका सांसदको राजीनामा नआई ओली हटाउने प्रक्रिया अघि बढाउन नचाहेपछि नेपाल निकट सांसदको राजीनामा पत्रमा हस्ताक्षर गराइएको हो ।
एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन सहित पत्यक्ष निर्वाचितले मात्र राजीनमा पत्रमा हस्ताक्षर गरिएको ती सांसदले बताए । उनका अनुसार माधव नेपालले देउवालाई सो हस्ताक्षर देखाउने र संघीय संसद सचिवालयमा पेश गर्ने तयारी छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने