बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको कोरानाका कारण मृत्यु भएको छ।
अत्याधिक ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले जिल्ला अस्पताल बाजुरामा पुर्याएका थिए।जिल्ला अस्पताल बाजुरामा उपचार असम्भव भएपछि शनिबार दिउँसो डडेलधुरा रिफर गरिएको थियो।
रिफर गरिएका विक बाटोमा लाँदै गर्दा अछामको साफेबगरमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। वडा अध्यक्ष विक बिगत एक हप्तादेखि बिरामी भएर घरमै थिए । शनिबार अन्तिम अवस्थामा पुगेर जिल्ला अस्पताल ल्याइएको
विकलाई जिल्ला अस्पताल पुर्याउदा नै गाह्रो थियो। अक्सिजनसहित भ्यान्टिलेर आईयु आवस्यक थियो। त्यो बाजुरामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले जानकारी दिए।
जिल्ला अस्पताल बाजुरामा दुई भ्यान्टिलेर बेड र दुई आईसीयू बेड रहेका छन्। तर प्रर्याप्त अक्सिजन र भ्यान्टिलेरट संचालनका लागि जनशक्ति अभावका कारण संचालनमा छैन।
घर घरमा बिरामी छन् सामान्य हुँदा कोही परीक्षण गर्न आउँदैन। अन्तिम समयमामात्र आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । बाजुरामा दोस्रो भेरिएन्ट सहितको कोराना गाउँगाउँमा फैलिएको छ। बाजुरामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ। भने २ जनाको मृत्यु भएको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो