गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । शनिवार सम्ममा गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या २२ हजार ५ सय ३० पुगेको हो । जसमध्ये १७ हजार ५ सय ५१ संक्रमित निको भइसकेका छन भने ४ हजार ७ सय २८ सक्रिय केश रहेका छन् ।
गण्डकीमा शनिवारसम्म २ सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क हेर्दा ५०१ जनाको परिक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार १६३ जना निको भएका छन् । गण्डकीमा ४ हजार ५ सय ९७ जना होम आइसोलेसनमा रहेका छन् ।
गण्डकी प्रदेशको जिल्लागत तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढि कास्की जिल्लामा संक्रमित देखिएका छन् । कास्की जिल्ला अवस्थित प्रदेशकै राजधानी पोखरामा सबैभन्दा बढि संक्रमण देखिएको हो । कास्कीमा पछिल्लो २४ घण्टामा १६१ जनामा संक्रमण देखिएको संगै संक्रमितको संख्या ११ हजार ९ सय ७६ पुगेको हो ।
जसमा ९ हजार ६३ निको भएका छन भने २ हजार ७ सय ७४ अझै सक्रिय केश रहेका छन् । १३९ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो