नयाँ भेरिएन्ट फैलिएको भन्दै बेलायतले राख्यो नेपाललाई ‘रेड जोन’मा, बुधबारदेखि यात्रामा प्रतिबन्ध

नयाँ भेरिएन्ट फैलिएको भन्दै बेलायतले राख्यो नेपाललाई ‘रेड जोन’मा, बुधबारदेखि यात्रामा प्रतिबन्ध

belayat-nepal

काठमाण्डौ – कोरोना भाइरसको दोस्रो भेरियन्ट नेपालमा फैलिएको भन्दै बेलायतले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरेका हुन् ।

विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ ।

रेड जोनमा राखिएका मुलुकबाट आउने नागरिकले सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ