शनिवार पोखराका १६१ सहित गण्डकीमा थप २७४ जनामा कोरोना पुष्टि, १६३ कोरोनामुक्त

शनिवार पोखराका १६१ सहित गण्डकीमा थप २७४ जनामा कोरोना पुष्टि, १६३ कोरोनामुक्त

Gandaki Aaja

पोखरा – शनिवार पोखराका १६१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार पछिल्लो २४ घण्टामा कास्कीका २४० जनामा गरिएको परीक्षणमा १६१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या ११ हजार ९ सय ७६ पुगेको छ, भने सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।

यस्तै, कास्की बाहिर गण्डकीका अन्य जिल्लामा तनहुँका २७ जनाको परीक्षण गर्दा १८ जना, गोरखाका १५ जनाको परीक्षण गर्दा एक जना र नवलपुरका ९४ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि भएको छ।

यता, स्याङ्गजाका ९ जनाको परीक्षण गर्दा तीन जना, पर्वतका २३ जनाको परीक्षण गर्दा ५ जना, बाग्लुङका ६७ जनाको परीक्षण गर्दा ३६ जना र म्याग्दी जिल्लाका २० जनाको परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज पुष्टि भएका २७४ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २२ हजार ५ सय ३० पुगेको छ , जहाँ सक्रिय संक्रमित ४ हजार ७ सय २८ जना छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १६३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ५ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । योसंगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds