अक्सिजन सिलिन्डर संकलन गर्दै कास्की प्रहरी, पोखराबाट १८७ सिलिन्डर संकलन

अक्सिजन सिलिन्डर संकलन गर्दै कास्की प्रहरी, पोखराबाट १८७ सिलिन्डर संकलन

183563602_461304905133320_7397526912163935566_n

पोखरा ।  कास्की प्रहरीले कोरोना संक्रमितलाई अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यका साथ पोखराका विभिन्न स्थानबाट १८७ वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरी अस्पतालहरुमा पठाउने तयारी गरेको  छ।

नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर फैलिएसंगै संक्रमित विरामीहरुको लागि अक्सिजनको चरम अभाव देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट पोखराका विभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुबाट उक्त संख्यामा अक्सिजनका सिलिन्डर संकलन गरेको हो ।

संकलन गरिएका सिलिन्डरहरु पछि सम्बन्धित व्यक्ति तथा संस्थालाई फिर्ता गरिने कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हाल संकलन गरिएका ती सिलिन्डरलाई अहिले अक्सिजन भर्नका लागि पोखरा अक्सिजन प्रा।लि। र कालिगण्डकी अक्सिजन प्रा।लि।लाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । साथै उनले अन्य कम्पनी तथा व्यक्तिहरुसंग त्यस्ता अक्सिजन सिलिण्डरहरु भए अक्सिजन उत्पादन कम्पनिलाई उपलव्ध गराई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds