कोरोना निको भएपछि आँखाको ज्योति गुम्ने खतरा छ ?

कोरोना निको भएपछि आँखाको ज्योति गुम्ने खतरा छ ?

Corona-wavee

अहिले भारतमा कोरोना संक्रमण र यसबाट हुने मृत्युदर निकै उच्च रहेको देखिन्छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ । खुला सीमानाकामा हुने निर्वाध आवतजावतले पनि सीमा क्षेत्रमा संक्रमणको जोखिम बढीरहेको छ । अहिले उपत्यका लगायत बढी जनघनत्व भएका क्षेत्रमा पनि संक्रमणको दर उच्च छ ।

भारत भने कोरोना संक्रमण निको भएका विरामीहरुमा अर्को समस्या देखिन थालेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार निको भएका बिरामीमा ‘ब्ल्याक फंगस’ देखिएको हो। कोरोना संक्रमण सँगसँगै गुजरातमा यो समस्या बढिरहेको छ ।

गुजरातको सुरतमा म्युकोरमाइकोसिस (ब्ल्याक फंगस) का कारण ८ संक्रमितको आँखाको ज्योति गुमेको छ।पछिल्लो १५ दिनमा सुरतमा म्युकोरमाइकोसिसको समस्या ४० जनामा देखिएको छ। तीमध्ये ८ जनाको आँखाको रोशनी गुमेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो संक्रमण कोरानाकै कारण फैलिरहेको र यसको उपचार सम्भव रहेको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ