पोखरा – शनिवार पोखरामा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वत जिल्ला कुश्मा नगरपालिकाका एक जना र पोखरा महानगरपालिका दुई गरी थप तीन जनाको मृत्यु पुष्टि भएको हो ।
गएको वैशाख ७ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि मेडिप्लस अस्पताल भर्ना भएका पर्वत जिल्ला कुश्मा नगरपालिका -१ का ४० वर्षीय पुरुषको शुक्रबार साँझ ५ :१८ बजे मृत्यु भएको छ ।
यस्तै, कास्की जिल्ला पोखरा महानगरपालिका -१३ निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ नै उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
गएको वैशाख १३ गते कोरोना पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएका ती पुरुषमा कोरोनासंगै निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।
यस्तै, कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना भएका पोखरा -१० निवासी ८१ वर्षीय वृद्धको शुक्रवार साँझ ७:२५ बजेको समयमा मृत्यु भएको छ ।मृतक वृद्धमा शुक्रवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज थप मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो