‘जनतालाई आवश्यक सामग्री उपलव्ध गराउनुको साटो ओलीले बलमिच्याई गरे’ – नेपाल

‘जनतालाई आवश्यक सामग्री उपलव्ध गराउनुको साटो ओलीले बलमिच्याई गरे’ – नेपाल

Madhab Kumar Nepal

गलत बाटो प्रयोग गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले नेता माधवकुमार नेपालले चेतावनी दिएका छन् ।

शनिवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश जारी गर्दै नेता नेपालले कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक सामग्री उपलव्ध गराउनुको साटो ओलीले बलमिच्याई गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन् -“अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवं अलोतान्त्रिक कार्य हो । “

उनले कोरोनाको यो विषम परिस्थितिमा सरकार जनाताप्रतिको मुख्य दायित्वबाट पन्छिन नहुने बताएका छन् । साथै, गलत बाटोबाट गरिने यस्ता नियुक्तिका प्रयासहरु तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न पनि सरकार समक्ष नेता नेपालले आह्वान गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ