नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ सुनार मन्दी टोलमा बस्ने तीन दाजुभाइमध्ये कान्छो भाइ ४२ वर्षीय जहिर अहमदको बुधबार बेलुका ७ बजेतिर, ५४ वर्षीय राइँलो एजाज अहमदको बिहीबार बेलुका ७ बजेतिर र काइँलो इम्तियाज अहमदको शुक्रबार बिहान साढे १० बजेतिर मृत्यु भएको छ।
उनीहरु तीनै जना दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपालगञ्ज ३ का वडाध्यक्ष महोमद अयुब शिद्धिकीले सेतोपाटीलाई बताए।
‘उहाँहरु सबै संगालमा बस्दै आएनु भएको थियो,’ वडाध्यक्ष शिद्धिकीले भने ‘सात दाजुभाइमध्ये तीन दाजुभाइको मृत्यु भएपछि अब चार दाजु भाइ छन्।’ मृतक तीन दाजुभाइले नेपालगञ्जमा रंगरोगनको काम गर्दै आएको वडाध्यक्ष शिद्धिकीले बताए।
‘कोरोना संक्रमित तीन दाजुभाइको भेरी अस्पतालमा उपचारका क्रममा तीन दिनको अवधिमा मृत्यु भएको घटनाले नेपालगञ्जबासी स्तब्ध छन्,’ शिद्धिकीले भने। उनले इम्तियाजकी श्रीमती पनि बिरामी रहेको बताए।
‘उहाँको अवस्था गम्भीर रहेको हुँदा आज नै घरमै अक्सिजन सिलिण्डर पुर्याउन मैले भूमिका खेलेको हो,’ वडाध्यक्ष शिद्धिकीले भने।
अहमदहरु ठूलो परिवारमा बस्दै आएको र बृद्ध बाबु आमा पनि सँगै रहेको उनले जानकारी दिए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो