उदयपुरमा भिरालो सतहमा चढेर टिकटक बनाउने क्रममा भीरबाट गुल्टेर एक किशोरले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका–११ हर्देनीस्थित भिरालो सतहमा टिकटक बनाउँदा ज्यान गुमाउने सुनसरी धरान–५ का १८ वर्षीय सुभाष परियार हुन् ।
धरानबाट ओखलढुङगा हिडेका परियार सवार ना १ च ३३७० नम्बरको सुमो हर्देनी सडकमा बिग्रेर मर्मत हुँदै थियो । मृतक परियार सुमाे मर्मत भएको बेला ओर्लेर नजिकैको भीरमा चढी टिकटक बनाउँदै थिए ।
यसैक्रममा उनी भीरबाट लडेर घाइते भए । घाइते परियारलाई उपचारको लागि कटारी अस्पताल ल्याउँदा ल्याउँदै बाटाेमै ज्यान गएको हाे । शुक्रबार बिहान पौने १० बजेतिर याे घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न घटनास्थलतर्फ प्रहरी खटेकाे छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते