पोखरा – शुक्रबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वत, तनहुँ र कास्की जिल्लाका गरी चार जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको हो ।
मृत्यु हुनेमा पर्वत जिल्ला जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुष, कुश्मा नगरपालिका -९ निवासी ५३ वर्षीय पुरुष, तनहुँ जिल्ला व्यास नगरपालिका -१ निवासी ६० वर्षीया महिला र कास्की जिल्ला पोखरा महानगरपालिका -२५ निवासी ६८ वर्षीय पुरुष रहेका छन् ।
मृतकहरु मध्ये पर्वत जलजलाका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो भने, अन्यको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए।
सम्बन्धित खबर
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम