कास्कीका २२१ सहित गण्डकीमा थप ४३३ जनामा संक्रमण पुष्टि, १४३ जना कोरोनामुक्त

कास्कीका २२१ सहित गण्डकीमा थप ४३३ जनामा संक्रमण पुष्टि, १४३ जना कोरोनामुक्त

Gandaki covid corona 1

पोखरा – कास्कीका २२१ सहित गण्डकीमा थप ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९४७ जनाको नमुना परीक्षण गरिएकोमा थप ४३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४५१ जनाको परीक्षण गर्दा २२१ जनामा कोरोना पुष्टि भएको छ।

आज कास्कीमा संक्रमण पुष्टि हुनेमा मादी गाउँपालिका -२ का १ जना, अन्नपूर्ण गाउँपालिका -१ का २ जना र माछापुछ्रे गाउँपालिका -१ का १ जना, वडा नं -४ का १ जना र वडा नखुलेका २ जना छन् भने, अन्य सबै संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका हुन् ।

आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमित संख्या १० हजार ९ सय ५९ पुगेको छ। भने, सक्रिय संक्रमित संख्या १ हजार ९ सय ४० पुगेको छ।

यस्तै तनहुँका ५२ जनाको परीक्षणमा २९ जना, गोरखाका १६ जनाको परीक्षणमा ३ जना, लमजुङका ४६ जनाको परीक्षणमा २७ जना र पूर्वी नवलपरासीका ९३ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यस्तै पर्वतका २९ जनाको परीक्षणमा ८ जना, बाग्लुङका १२३ जनाको परीक्षणमा ५८ जना, म्याग्दीका ५४ जनाको परीक्षणमा ३२ जना र मुस्ताङ जिल्लाका २३ जनाको परीक्षणमा १४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ।

आज थपिएका ४३३ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २० हजार ८ सय ६० पुगेको छ । जसमा ३ हजार ३ सय १७ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १४३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ३ सय २ पुगेको छ।

बिहीबार पनि गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ ।

मृत्यु पुष्टि हुनेमा पोखरा महानगरपालिका -३ निवासी ८७ वर्षीय पुरुष, पोखरा -२९ का ४१ वर्षीय पुरुष, पोखरा -१७ का ७३ वर्षीय पुरुष र म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ निवासी ७२ वर्षीया महिला रहेकी छन् । योसंगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४१ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ