कोरोना संक्रमणका कारण पोखराका ४१ वर्षीय पुरुष सहित चार जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखराका ४१ वर्षीय पुरुष सहित चार जनाको मृत्यु पुष्टि

death-by-corona

सांकेतिक तस्विर

पोखरा – कोरोना संक्रमणका कारण शुक्रबार पोखरामा चार जनाको मृत्यु पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको पहिलो विज्ञप्ति अनुसार पोखराका तीन जनासहित म्याग्दीका थप एक संक्रमितको मृत्यु पुष्टि भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका -३ निवासी ८७ वर्षीय पुरुष, पोखरा -२९ का ४१ वर्षीय पुरुष, पोखरा -१७ का ७३ वर्षीय पुरुष र म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ निवासी ७२ वर्षीया महिला रहेकी छन् ।

मृतकहरु मध्ये पोखरा -३ का पुरुषको चरक मेमोरियल अस्पताल र अन्य सबैको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ