गण्डकीमा कोरोना : कास्की सबैभन्दा बढी प्रभावित, सक्रिय संक्रमित मात्रै १८०१ जना

गण्डकीमा कोरोना : कास्की सबैभन्दा बढी प्रभावित, सक्रिय संक्रमित मात्रै १८०१ जना

123

पोखरा – गण्डकीमा कोरोना संक्रमणको पहिलो लहरमा सबैभन्दा बढी प्रभावित जिल्ला पूर्वी नवलपरासी रहेकोमा अहिले कास्की जिल्ला बढी प्रभावित देखिएको छ।

कास्कीमा अहिलेसम्म कोरोना भाईरसका संक्रमित १० हजार ७ सय ३८ पुगेका छन्। बिहीबारसम्मको तथ्यांकमा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १ छ भने, ८ हजार ८ सय ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

संक्रमणकै कारण जिल्लामा १३१ जनाले ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै, कास्किपछि अहिले बढी प्रभावित जिल्ला बाग्लुङ देखिएको छ।  बिहीबारसम्मको तथ्यांकमा बाग्लुङमा सक्रिय संक्रमितको संख्या २७४ छ। जिल्लामा अहिलेसम्म १ हजार ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने, १ हजार १ सय ८ जना कोरोनामुक्त हुँदा ९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्।

बाग्लुङपछि बिहीबारसम्मको तथ्यांकमा तेस्रो नंवरमा पूर्वी नवलपरासी प्रभावित देखिन्छ।

पहिलो लहरमा सबैभन्दा बढी प्रभावित जिल्ला देखिएको नवलपुरमा अहिले २४१ जना सक्रिय संक्रमित छन् । कूल २ हजार ६ सय ८८ जनामा संक्रमण पुष्टि भएको यस जिल्लामा अहिलेसम्म २ हजार ४ सय २५ जना कोरोनामुक्त भैसकेका छन् भने, २२ जनाको मृत्यु भइसकेको छ।

यस्तै स्याङ्गजामा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २१८ छ।  हालसम्म जिल्लामा १ हजार ८२ जनामा सक्रमण पुष्टि भएकोमा ८४४ जना कोरोनामुक्त भएका छन् भने, २० जनाले ज्यान गुमाएका छन्।

यता, गोरखा जिल्लामा बिहीबार एकैपटक ६० जना संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या १७४ पुगेको छ।जिल्लामा अहिलेसम्म १ हजार २४ जनामा कोरोना पुष्टि हुँदा ८३८ जना संक्रमणमुक्त भएका छन् भने, संक्रमणकै कारण १२ जनाले ज्यान गुमाएका छन्।

गोरखापछि  हाल सक्रिय संक्रमितको धेरै संख्या तनहुँ जिल्लामा देखिएको छ। जिल्लामा बिहीबारसम्मको तथ्यांकमा १२३ जना सक्रिय संक्रमित छन्। हालको कूल संक्रमित संख्या १ हजार ६ सय रहेको तनहुँमा १ हजार ४ सय ९३ जना कोरोनामुक्त भएका छन् भने, २६ जनाले ज्यान गुमाएका छन्।

यस्तै म्याग्दीमा अहिले सक्रिय संक्रमितको संख्या १०० रहेको छ। बिहीबारसम्म कूल ३७९ जनामा कोरोना पुष्टि भएकोमा २७४ जना संक्रमणमुक्त भैसकेका छन् भने, अहिलेसम्म ५ जनाले ज्यान गुमाएका छन्।

बिहीबारसम्म पर्वतमा सक्रिय संक्रमितको संख्या ४१ रहेको छ।  कूल संक्रमित ४ सय ५७ रहेको जिल्लामा ४१० जना कोरोनामुक्त भैसकेका छन् भने, ६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

यता हिमाली जिल्ला मुस्ताङमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १७ पुगेको छ, अहिलेसम्म जिल्लामा ५० जनामा संक्रमण पुष्टि भएकोमा ३२ जना कोरोनामुक्त  भैसकेका छन् भने, १ जनाले ज्यान गुमाएका छन्।

यस्तै मनाङमा पनि पछिल्ला दिनमा संक्रमितको संख्यामा क्रमसः वृद्धि आएको देखिएको छ। जिल्लामा गएको आइतबार ४ जना, सोमबार ३ जना र बिहीबारमात्रै थप ७ जनामा कोरोनाका संक्रमित थपिएका छन्। कूल संक्रमित ३४ जना रहंदा २० जना कोरोनामुक्त भैसकेका छन् ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमणकै कारण कसैले ज्यान गुमाउनु परेको छैन।

र, बिहीबारसम्मको तथ्यांकमा गण्डकीमा सबैभन्दा थोरै सक्रिय संक्रमित लमजुङ जिल्लामा देखिएको छ।  जिल्लामा आजसम्म सक्रिय संक्रमितको संख्या ५ छ । कूल संक्रमित ९४२ रहेको लमजुङमा ९०९ जना कोरोनामुक्त भैसकेका छन् भने, २८ जनाले ज्यान गुमाएका छन् ।

प्रदेशभर कूल संक्रमित २० हजार ४ सय २७ रहेकोमा निर्देशनालयले २३७ को संक्रमणकै कारण मृत्यु पुष्टि गरिसकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ