चर्को शुल्क असुल्ने निजी अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

चर्को शुल्क असुल्ने निजी अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

swastha-health-ministry-

सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर  ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्। महामारीको यो समयमा हामीले एक अर्कालाई सेवाभावले सहयोग गर्नुपर्नेमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले यस किसिमको अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्नेलाई तत्काल यस्तो कार्य बन्द गर्न सचेत गराउँदै कसैले यस्ता गतिविधि जारी राखे जानकारी गराउन अनुरोध पनि गरेको छ । केही निजी अस्पतालले आईसीयू र बेड लगायतको शुल्क भन्दै चर्को मूल्य तोकिएको दररेट नै सार्वजनिक गरेका थिए । उनहरुले महामारीलाई लुट्ने माध्यम बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ । 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ