लमजुङमा नयाँ वर्षको दिन मृत भेटिएका ७ वर्षका बालकको हत्या छिमेकीले गरेको खुलेको छ । दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका राजकुमार गुरुङका ७ वर्षीय छोरा युकेश गुरुङलाई छिमेकी ४८ वर्षीया फूलमाया विकले कुटपिट गरेको र खोल्सामा लगएर फालेको खुलासा भएको हो ।
ऐना फुटाएको निहुँमा फुलमायाले आमा नभएकी युकेशलाई कुटेकी थिइन् । आमाले छाडेर हिँडेपछि ७ वर्षीय बालक बुबा र हजुरआमासँगै बस्थे । उनी गाउँकै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्थे ।
प्रहरीका अनुसार चैत ३० मा विद्यालय छुट्टी भएपछि उनी खेल्दै छिमेकीको घरमा पुगेका थिए । खेल्दाखेल्दै साथीकी आमाको ऐना भुइँमा झरेर फुटेको थियो । त्यही कारण फूलमायाले कुटपिट गर्दा युकेश बेहोस भएका थिए । युकेलाई त्यसपछि गायब पारिएको थियो ।
स्थानीयले वैशाख १ गते साँझ ५ बजेतिर घरदेखि अन्दाजी ३ सय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा फेला पारे । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गंगाबहादुर थापाले बच्चा भएकाले भवितव्य हुन नसक्ने र उक्त ठाउँमा पुग्ने कुनै कारण नदेखिएकाले कर्तव्य नै हुनुपर्छ भनेर विभिन्न कोणबाट अनुसन्धान गर्दा घटनाको वास्तविकता पत्ता लागेको बताए ।
बालकको घाँटीमा केही चिजले प्रहार गरेको जस्तो देखिएपछि शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । सोधपुछका क्रममा फूलमायाकै छोराले आमाका कारण घटना भएको बताएको र त्यसपछि १२ गते घरबाटै पक्राउ गरेको डीएसपी थापाले बताए । फुलमायालाई कानुनानुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो