पोखरा – पछिल्लो २४ घण्टामा कास्कीका ५६५ जनाको नमुना परीक्षण गर्दा ३१० जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशानालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार आज कास्कीका मात्रै ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज कास्कीमा पुष्टि भएका संक्रमितमध्ये अन्नपूर्ण गाउँपालिका वडा नं -४ का १ पुरुष छन् भने, अन्य सबै पोखरा महानगरपालिकाका विभिन्न वडाका हुन् ।
आज पोखरामा संक्रमण पुष्टि भएकामा सबैभन्दा धेरै संक्रमित पोखरा -८ का छन् । वडा नं -८ मा मात्रै आज ३६ जनामा संक्रमण देखिएको छ भने, पोखरा -१७ मा ३४ जना संक्रमित फेला परेका छन् । अहिले पोखरामा फैलिएको संक्रमण कोरोनाको नयाँ भेरिएन्टको भएको निर्देशनालयले पुष्टि गरेको छ।
आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ४४६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीका अन्य जिल्ला तनहुँका २४ जनाको परीक्षणमा १६ जना, लमजुङका १८ जनाको परीक्षणमा ८ जना र पूर्वी नवलपरासी जील्लाका १८५ जनाको परीक्षणमा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यता, स्याङ्गजाका २२ जनाको परीक्षण गर्दा ५ जना, पर्वतका ६ जनाको परीक्षण गर्दा १ जना, बाग्लुङका ६३ जनाको परीक्षण गर्दा ३३ जना, म्याग्दीका ११ जनाको परीक्षण गर्दा १ जना र मुस्ताङ जिल्लाका ९ जनाको नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।
आज थप भएका ४२९ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १९ हजार ८५३ पुगेको छ, जसमा २५४६ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज पुष्टि हुनेमा म्याग्दी जिल्ला मंगला गाउँपालिका -६ निवासी ७६ वर्षीय पुरुष, कास्की जिल्ला पोखरा महानगरपालिका -२९ निवासी ४५ वर्षीय पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका -४ निवासी ८४ वर्षीय पुरुष रहेका छन्।
आज थप भएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २३५ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए।










सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो