बिल गेट्स दम्पतीद्वारा सम्बन्ध विच्छेदको घोषणा

बिल गेट्स दम्पतीद्वारा सम्बन्ध विच्छेदको घोषणा

bill-gates-wife

एजेन्सी – माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।२७ वर्ष साथमा रहेपछि अब उनीहरुले वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् ।

आफूहरू सँगै बस्न नसक्ने अवस्था आएको भन्दै उनीहरूले सम्बन्ध विच्छेद गरी अलग हुने निर्णयमा पुगेको जानकारी संयुक्त रूपमा सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनीहरुका तीन सन्तान छन् ।

सम्बन्ध विच्छेदको घोषणा गर्दै उनीहरुले भनेका छन्, ‘हामी दम्पतीका रुपमा अब हामीसँगै विकसित हुन सक्ने छौँ भन्ने विश्वास छैन ।’

दम्पतीले ट्वीटरमा लेखेका छन्, ‘राम्रो सोच विचार तथा सम्बन्ध सुधारका लागि धेरै काम गरेपछि हामी वैवाहिक सम्बन्ध अन्त्यको निर्णयमा पुगेका छौँ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ