नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा पुगेको छ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार प्रकाशित गरेका ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औं स्थानमा आएको छ ।
नेपालभन्दा माथि टेस्ट खेल्ने १२ राष्ट्र छन् । नेपालले स्कटल्यान्डलाई उछिन्दै एक स्थान माथि आएको हो । यो नै नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा उत्कृष्ट वरीयता भने होइन् । नेपाल यसअघि ११ औं स्थानसम्म पुगेको थियो । अघिल्लो साता नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेवसीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि नेपालको वरीयता १५ बाट १३ औं स्थानमा आएको हो । प्रतियोगितामा नेपालले ५ मध्येको ४ खेल जितेको थियो । नेदरल्यान्ड्स १७ औं स्थानमा यथावत छ ।
इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड क्रमश: पहिलोदेखि १२औं स्थानमा छन् । यी सबै टेस्ट खेल्ने राष्ट्र हुन् । त्यसपछि वरीयतामा नेपाल रहेको छ । स्कटल्यान्ड, युएई र पपुवा न्यु गिनी क्रमश १४औं देखि १६ औं स्थानमा छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल एक स्थानमाथि उक्लदै १६ औं स्थानमा आइपुगेको छ । नेपालभन्दा माथि एसोसिएट राष्ट्रहरुमा नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डमात्र रहेको छ । यद्यपि नेपालले २०२० को फेब्रुअरी यता कोभिड १९ का कारण कुनै एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छैन ।
न्युजिल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रियमा नयाँ नम्बर एक टोली बनेको छ । पछिल्लो पटक न्युजिल्यान्ड तेस्रो नम्बरमा थियो । नम्बर एक स्थानमा रहेको इंग्ल्यान्ड चौथो स्थानमा खसेको छ । वरीयतामा अस्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते