काठमाडौं : सरकारले साउन १ गतेदेखि कार्यान्वयन हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ। अब श्रमिकले १५ हजार पारिश्रमिक पाउने छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पारिश्रमिक बढाएर १५ हजार पुर्याउने घोषणा गरेका थिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको हो। मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ पारिश्रमिक उल्लेख गरेको हो।
अब श्रमिकले ९ हजार ३ सय ८५ रुपैयाँ आधारभूत र ५ हजार ५ सय १५ रुपैयाँ महंगी भत्ता गरी १५ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन्।
त्यस्तै दैनिक ज्यालादारीको हकमा ३ सय ६१ रुपैयाँ आधारभूत र २ सय १६ रुपैयाँ महंगी भत्ता गरी ५ सय ७७ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। प्रतिघण्टा काम गरेको श्रमिकले ७७ रुपैयाँ पाउने व्यवस्था गरिएको छ।
राजपत्रमा उल्लेख गरिए अनुसार साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको पारिश्रमिक चिया बगानका श्रमिकका लागि लागू हुने छैन। श्रमिकले पारिश्रमिकका अतिरिक्त योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता, सञ्चय कोष र उपदानलगायतका अन्य सुविधा पनि पाउनेछन्।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिने गरी कुनै पनि रोजगारदाताले श्रमिकलाई काममा लगाउन पाउने छैनन्। श्रम विभागले न्यूनतम पारिश्रकिक कार्यान्वयन भए नभएको अनुगमन गर्छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो